काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब बढी सेयर कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१-८२ मा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको सेयर कर्जा प्रवाह भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो कर्जा ५६ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा यस्तो कर्जा जम्मा ९० अर्ब ९ करोड रुपैयाँ थियो ।
बैंक तथा वित्तीय संस्थाबाट समग्रमा कर्जा प्रवाह ८.४ प्रतिशतले बढ्दा सेयर कर्जा भने ५६ प्रतिशत बढेको हो ।
अन्य क्षेत्रमा कर्जा प्रवाह सुस्त हुँदा सेयरमा उच्च दरले बढेको छ ।