काठमाडौँ। नेपाल एसबिआई बैंक वाणिज्य बैंकतर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएको छ । बैंक इण्डियन चेम्बर अफ कमर्शद्धारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने वाणिज्य बैंकतर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएको हो ।
बैंकले Best Performance on Risk Management, Best Bank and Best Performance on Assets Quality बिधामा उक्त सम्मान प्राप्त गरेको छ ।
भारतको नयाँ दिल्लीमा इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए ।
उक्त प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिएको छ ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।