काठमाडौँ । बैंकको पैसा चोरेर जुवा खेल्ने महालक्ष्मी विकास बैंकका ४ कर्मचारीहरु थप ७ दिन हिरासतमै रहने भएका छन् । प्रहरीले अनुसन्धान नसकिएको भन्दै ७ दिनको म्याद अदालतबाट थपेपछि उनीहरुको हिरासत बसाइ लम्बिएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालका अनुसार उनीहरुको बयान लिने क्रम जारी छ ।
थप अनुसन्धान सकेर उनीहरुविरुद्ध अदालतमा मुद्धा दायर हुनेछ । उनीहरु गत शनिबार पक्राउ परेका थिए । यो पनि हेर्नुहोस्:
महालक्ष्मी विकास बैंकको रकम हिनामिना गर्ने कर्मचारी निलम्बन, टेकराज जोशीलाई बैंक चलाउने जिम्मा !