DISH HOME

एनआईसी एशिया बैंकको सेयर मूल्य ह्वात्तै घट्यो

काठमाडौँ। एनआईसी एशिया बैंकको सेयर मूल्य ह्वात्तै घटेको छ । बैंकको हालत खराब भएको र बैंक २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कमजोर बैंक रहेको खुलासा भएपछि बैंकको सेयर मूल्य ह्वात्तै घटेको हो ।

कुमारी बैंकले समेत चमत्कारिक नाफा गरिरहेका बेला एनआईसी एशिया बैंकले पनि राम्रै कमाएको हुनुपर्छ भन्ने अनुमानमा सेयरमा लगानी गरेका सेयर लगानीकर्ताहरुले बैंकको असली स्थिति देखेपछि सेयर बेच्न थाल्दा बैंकको सेयर मूल्य ह्वात्तै घटेको हो ।

यता आफुलाई नम्बर १ दाबी गर्ने एनआईसी एशिया बैंक पुछारबाट नम्बर १ बनेको छ । २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा कमाएपछि बैंक पुछारबाट नम्बर १ बनेको हो । अर्थात, एनआईसी एशिया बैंक २० बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कमजोर बैंक बनेको छ ।

१५ दिनको अतिरिक्त समय पाउँदा पनि बर्षभरीमा जम्मा १६ करोड नाफा कमाएसँगै बैंकको खराब हालत बाहिर आएको हो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै