काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका वडा नं ५ मा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ।
विद्यार्थीहरूको दैनिक एसेम्ब्ली र विविध कार्यक्रमहरूमा सहजता ल्याउन साउण्ड स्पिकर उपयोगी हुने तथा बाल कक्षा सञ्चालनमा कार्पेटले महत्वपूर्ण भूमिका खेल्ने भएकाले बैंकले उक्त सहयोग गरेको हो।
कार्यक्रमको अध्यक्षता विद्यालयकी प्रधानाध्यापक मिना कुमारी पचभैयाले गरेकी हुन् भने बैंकका शाखा प्रबन्धक बिक्रान्त राणाले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा बैंकका संचालक प्रमुख शिबम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, बिरेन्द्र रावल, नारायण झेडी लगायत शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन ऋषिराम भुसालले गरेका थिए।
शाखा प्रबन्धक राणाले ग्रामीण क्षेत्रका विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै भविष्यमा यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाए । विद्यालयकी प्रधानाध्यापक पचभैयाले यस्तो सहयोग विद्यालयमा पहिलो पटक भएको भन्दै बैंकप्रति आभार व्यक्त गरेकी छिन् ।