काठमाडौँ। बैंकहरूबाट प्रवाह हुने व्यक्तिगत आवास कर्जा बढेको छ। आर्थिक वर्ष २०८१-८२ को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने व्यक्तिगत आवास कर्जा २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँले बढेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा यो वृद्धि उल्लेखनीय हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी ५४ वटा बैंक तथा वित्त कम्पनीहरूले व्यक्तिगत घर निर्माणका लागि ४ खर्ब १० अर्ब ४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ खर्ब ८५ अर्ब ४१ करोड २० लाख रुपैयाँ मात्र थियो।