prabhu

कृषि विकास बैंकले कमायो ४ अर्ब बढी नाफा, कस्तो छ अन्य सूचक ?

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य वृद्धि भएको जानकारी दिएको छ।

विवरणअनुसार बैंकले समीक्षा वर्षमा ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ मात्र रहेकोमा यस वर्ष ४३.३८ प्रतिशतले वृद्धि भएको हो।

समीक्षा वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा १८.४२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

सञ्चालन मुनाफा पनि बढेर ५ अर्ब ८४ करोड ७६ लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब १३ करोड ८८ लाख रुपैयाँभन्दा ४१.२७ प्रतिशत बढी हो । तर, ब्याज आम्दानी भने ६.९३ प्रतिशतले घट्दै यस वर्ष ९ अर्ब ८२ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ भने रिजर्भमा १६ अर्ब ९९ करोड रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यस अवधिमा क्रमशः २ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप र २ खर्ब ३ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

खराब कर्जा अनुपात अघिल्लो वर्षको ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी  १८.५६ रुपैयाँबाट बढेर २७.६३ रुपैयाँ पुगेको छ भने पीई रेसियो ११.८४ गुणा र प्रतिशेयर नेटवर्थ २४१.०४ रुपैयाँ रहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै