prabhu

महालक्ष्मी विकास बैंकमा ग्राहकको पैसा कर्मचारीद्वारा अपचलन !

काठमाडौँ। महालक्ष्मी विकास बैंकमा ग्राहकले जम्मा गरेको रकम कर्मचारीले अपचलन गरेको पाइएको छ। बैंकको दार्चुलास्थित शाखाकाे भल्टमा राखिएको २ करोड ८५ लाख रुपैयाँ कर्मचारीले अपचलन गरेको पाइएको हो।

यस विषयमा जिल्ला प्रहरीले अनुसन्धान पनि सुरू गरिसकेको छ। बैंकका कर्मचारीले बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकको रकम अपचलन प्रकरणमा बैंकका चार जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुला पुर्याइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै