काठमाडौं । केहि समय अघि मात्र राष्ट्र बैंकको कारवाहीमा परेको सिटिजन्स बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । बैंकले गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.०७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।
बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । बैंकको निष्कृय कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी ८.७६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ छ ।