किन भए बैंकका सिइओहरु खुसी !
१. व्यवसायी दुर्गा प्रसाईं जेलबाट रिहा भएपछि उनले ऋण लिएका बैंकका सिइओहरु खुसी भएका छन् । आफुकहाँ भएको ऋणको नियमित किस्ता आईरहे पनि ठूलो ऋण भएकाले ऋण चुक्ता हुन्छ वा हुन्न भन्ने शंकामा रहेका बैंकका सिइओहरु ऋण चुक्ता हुने आशामा खुसी भएका हुन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हदैसम्म दु:ख दियो !
२. नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हदैसम्म दुख दिएको भन्दै आन्दोलन गरिरहेका देशभरका इन्जिनियरहरुको प्रतिनिधित्व गर्दै एक टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर ग्यापनपत्र बुझायेका छन् । ग्यापन पत्र बुझाउँदै उनीहरुले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कार्वाही गर्नसमेत माग गरेका छन् ।
नेपाल पृमियर लिग संचालन हुँदा चरम घोटाला
३. सिद्धार्थ बैंकले प्रायोजन गरेको नेपाल पृमियर लिग संचालन हुँदा चरम घोटाला भएको भन्दै क्यान बैठकमा बबण्डर मच्चियेको छ । बैंकले गरेको प्रायोजनमा समेत स्वार्थ राखेर क भएको भन्दै प्रश्न उठेपछी बोर्ड बैठकमा बबण्डर मच्चिएको हो ।
बैंकिङ संसार डटकममा जागिरको अवसर
४. नेपाली बैंकिङ क्षेत्रबारे खास समाचार दिने बैंकिङ संसार डटकममा जागिर खुलेको छ । बैंकिङ संसार डटकमले एक जना समाचार सम्पादक, एक जना अन्तर्वार्ताकार, एक जना भ्युजुअल इडिटर र एक जना रिपोर्टरको माग गरेको हो । इच्छुक महानुभावले आफ्नो सिभी पठाउन सक्नेछन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा हदैसम्मको अनियमितता
५. नेपाल बीमा प्राधिकरणले कार्वाही गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा हदैसम्मको अनियमितता भएको पाइएको छ । कम्पनीभित्र प्रचलित कानुन विपरितका काम भएको र नियामकीय निर्देशनको पनि अटेरी भएको पाइएको हो ।
नेपाल लाइफ इन्स्योरेन्सका संचालकहरु राजनीतिक दौडधुपमा लागे
६. बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा निलम्बनमा परेपछी आफु निकटका व्यक्तिलाई अध्यक्ष बनाउन नेपाल लाइफ इन्स्योरेन्सका संचालकहरु राजनीतिक दौडधुपमा लागेको पाइएको छ । ओझा अध्यक्ष हुँदा कार्वाहिमा परेपछी कार्वाहिमा परेका अन्य केहि कम्पनीका संचालकको समेत जोडबलमा नेपाल लाइफका संचालक आफ्ना मान्छेलाई अध्यक्ष बनाउन लागि परेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकका महिला कर्मचारीहरु शशंकित
७. महिला हिंसा कसुरमा दोषी ठहर भएका देवकुमार ढकाल नै बैंकको अध्यक्ष भएर आएपछि राष्ट्रिय वाणिज्य बैंकका महिला कर्मचारीहरु शशंकित बनेका छन् । यस्तो गम्भीर कसुरमा परेका व्यक्तीउपर कार्वाही हुनुपर्नेमा बैंकको अध्यक्षको जिम्मेवारी दिएको भन्दै कर्मचारीहरु शशंकित बनेका हुन् । यतिसम्मकी देशका विभिन्न स्थानमा चलेको ब्रान्च मेनेजर कन्फेरेन्सपछिको ककटेल पार्टीमा समेत अध्यक्ष आउने भए नबस्ने भन्दै केही महिला बैंकहरुले प्रतिवाद गरेकोसमेत पाइयेको छ ।
८. सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले समेत आफ्नो अवस्था राम्रो देखाउन रिणीलाई थप रिन दियेर किस्ता उठायेको पाइयेको छ । देशभर एभरगृनिङ भैइरहेको तथ्य बाहिर आईरहेका बेला राष्ट्रिय बाणिज्य बैंकमा समेत यस्तो देखियेको हो ।
९. नेपाल राष्ट्र बैंकले सरकारी स्वामित्वको तीन बैंकमध्ये राष्ट्रिय बाणिज्य बैंकमा सबै भन्दा बढी जोखिम देखेको पाइयेको छ । राष्ट्र बैंकले गरेको सुपरिवेक्षणका क्रममा सरकारी बैंकमध्ये सबैभन्दा बढी जोखिम राष्ट्रिय बाणिज्य बैंकमा देखेको हो । बैंकमा देवेन्द्र रमण खनाल सिइओ आएपछि बैंकको अवस्था निकै खस्कियेको चर्चा चलिरहेका बेला राष्ट्र बैंकले जोखिम देखेको तथ्यले धेरैलाई झस्कायेको छ ।
१०. ज्योती बिकास बैंकले गरेका बदमासीका विभिन्न कैफियत राष्ट्र बैंकको सुपरिवेक्षणका क्रममा देखीए पनि राष्ट्र बैंककै केही संचालकको पावर लगायेर बैंक कार्वाही बाट जोगियेको भन्दै राष्ट्र बैंकका एक संचालक र ज्योती बिकास बैंकका सिइओ विरुद्ध अनुसन्धानको माग गर्दै उजुरी परेको छ । बैंकले गरेको मनपरीका विषयमा इन्स्पेक्सन टोलीले लेख्ने तर कार्वाही नहुने गरेको पाइयेको भन्दै बैंक विरुद्ध उजुरी परेको हो ।
११. जागिरको आउटसोर्सिङ गर्ने भन्दै विभिन्न कम्पनीहरुले खुल्दै नखुलेको बैंकको ब्याकेन्सीको पनि फेक प्रचार गरेर सिभी संकलन गरिरहेको पाइयेको छ । एक कमर्सियल बैंकलाई मान्छे चाहियेको छ भन्दै बैंकको नाम नखुलाई भ्याकेन्सी निकालेर हुँदै नभएको भ्याकेन्सीको प्रचार प्रसार भैइरहेको पाइयेको हो ।
१२.खातामा पैसा नहुँदा नहुँदै पनि चेक काटेर ठग्न खोज्ने नेकपा माओवादीका नेता शिवकुमार साह तेली पक्राउ परेका छन् । खातामा पैसा नहुँदा पनि १६ लाख ७५ हजार रुपैयाँ बराबरको दुई वटा चेक काट्ने उनी पक्राउ परेका हुन् ।
१३.सिटिजन्स बैंकमा मर्ज भएको तिनाउ मिसन डेभलपमेन्ट बैंकका सञ्चालक विपिन पौडेलको निधन भएको छ । सिटिजन्स बैंकका सिइओ गणेश राज पोखरेलका अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने प्रक्रियामा पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
१४.बैंकिङ कसुर सहित दुई मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ । सोमबार उच्च अदालतको आदेशपछी प्रसाईं रिहा भएका थिए ।
१५ .स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्कासन गर्ने भएको हो । उक्त आईपीओ सर्वसाधारणले साउन ३० गतेदेखि आवेदन दिन सक्नेछन् ।
१६ . नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीका २६ वर्षीय राजेशकुमार रजक र २५ वर्षीय राजेश चमार रजक रहेका छन् । उनीहरुको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट जम्मा रु ३८ हजार फेला पारेको प्रहरीले जनाएको छ ।
१७ . सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै बालुवाटार काठमाडौँ कार्यालयका लागि एडमीन अफिसर माग गरेको हो । बैंकका अनुसार सो पदमा आवेदन दिने व्यक्तिसँग ५ वर्षसम्म काम गरेको अनुभव हुनुपर्नेछ। आवेदन साउन २७ गतेभित्र दिनुपर्ने बैंकले जानेको छ।
१८ . पछिल्लो ११ महिनामा १५ खर्ब ३२ अर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१÷८२ को एघार महिनामा रेमिट्यान्स १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रूपैयाँ पुगेको हो । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढेसँगै रेमिट्यान्सको मात्रा पनि बढ्न थालेको पाइएको हो ।
१९. कर्पोरेट डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले कानूनी अधिकृत र सूचना प्रविधि (आईटी) सहायक पदका लागि योग्य कर्मचारी माग गरेको हो । इच्छुक आवेदकले सो पदमा साउन २१ गतेदेखि भदौ २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।