काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकको घोटाला लुकाउन १० लाख क्यास र आइफोन घुस लिएको आरोप लागेका नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
डुबिसकेको कर्णाली डेभलपमेन्ट बैंकमा सब ठिकठाक छ भनेर रिपोर्ट बनाउन घुस लिएको आरोप लागेका उनी २ लाख रुपैयाँमा रिहा भएका हुन् ।
उनको मुद्धा भने अझै सकिएको छैन । आइफोन घुस लिएको आरोप लागेका नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
कर्णाली डेभलपमेन्ट बैंकको सुपरीवेक्षण गर्न गएका राष्ट्र बैंकका निर्देशकले बैंकभित्रको अनियमितता लुकाउन घुसबापत आइफोन ७, करिब १० लाख र गाडी किन्नसमेत पैसा मागेको आरोपमा पक्राउ परेका बस्नेत हाल भने धरौटीमा रिहा भएका हुन्। यो पनि हेर्नुहोस्: