prabhu

बैंकमा ५ वर्षदेखि लाभांश लिन गएनन् सेयरधनी, बैंकले भन्यो- ‘लैजानुस्’

काठमाडौँ। नेपाल एसबीआई बैंकले पाँच वर्ष पुरानो नगद लाभांश लैजान सेयरधनीलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५२-५३ देखि २०७५-०७६ को नगद लाभांश लैजान सेयरधनीलाई आग्रह गरेको हो ।

बैंकले एक सूचना जारी गर्दै ५ वर्ष अवधि सकिसक्दा पनि केही शेयरधनीले लाभांश लिन नआएकाले सो लाभांश लैजान सेयरधनीलाई आग्रह गरेको छ । बैंकको २०७६ मंसिर २९ गते सम्पन्न २६औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट सेयरधनीलाई १०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

बैंकले सेयरधनीको अद्यावधिक खातामा लाभांश जम्मा गरिसकेको छ । तर,डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएका तथा अन्य कारणले भुक्तानी लिन बाँकी रहेकाले आफ्नो लाभांश लैजान बैंकले आग्रह गरेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै