लघुवित्तमा जागिर खाने सुनौलो अवसर, एनआईसी एशिया लघुवित्तले माग्यो कर्मचारी, साउन २५ गतेभित्र आवेदन दिन सकिने !

काठमाडौँ। एनआईसी एशिया लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। 

कम्पनीले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, कनिष्ठ सहायक र ट्रेनी असिस्टेन्ट पदका लागि जागिर खुलाएको छ । 

लघुवित्तमा जागिर खान चाहने व्यक्तिहरूले साउन २५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ। 

कम्पनीका अनुसार लघुवित्तमा काम गरेको अनुभव हुनेलाई बढी प्राथमिकता दिइने छ।  तलब तथा अन्य सुविधा भने बैंकको नियमअनुसार हुने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्