PRABHU BANK

पोखरा फाइनान्सले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६६/७७ को नाफाबाट लाभांश वितरण गर्ने

Pokhara Finance
  • बैंकिङ संसार
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । फाइनान्सले आर्थिक वर्ष २०६६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । फाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १४.२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीको गत पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जुन प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै