कर्णाली विकास बैंकको सुपरिवेक्षणका लागि खटिएका राष्ट्र बैंकका कर्मचारीले घुस खाएर घोटालाको विवरण लुकाईदिएको खुलासा भएको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागका तत्कालीन कामु निर्देशक भुवन बस्नेतको यस्तो हर्कत बाहिर आएको हो ।
बस्नेतसहितका १११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भइसकेको छ ।
बैंकमा अरवौंको घोटाला भएको छ । सो घोटाला अडिटरले समेत अनदेखा गरेको भन्दै लेखापरिक्षकविरुद्ध पनि मुद्धा दर्ता भएको छ ।
बस्नेतले सुपरभाइजर भएर २०७५ वैशाखमा कर्णाली विकास बैंकको स्थलगत अनुगमन निरीक्षण गरेका थिए । सोहि बेला उनले कर्णालीको घोटाला लुकाउन घुस खाएका थिए । उनी अहिले प्रहरी हिरासतमै छन् ।