prabhu

बजारमा कसले चलायो प्रभु र एनआईसी एशिया बैंक मर्जरमा जान लागेको ‘गलत हल्ला’ ?

काठमाडौँ । बिहीबार एनआईसी एशिया बैंक र प्रभु बैंकका कर्मचारी वृतमा एउटा हल्ला चल्यो । ‘यहि साउन २० गते दुई बैंकबीच मर्जर हुँदैछ ।’ केहि समयअघि देखि दुई बैंकबीच मर्जरको हल्ला चलिरहेकै थियो । अझ मिति नै तोकेर हल्ला चल्न थालेपछि कर्मचारीहरु शशंकित देखिए । तर अन्तत: यो हल्ला गलत भएको पुष्टी भएको छ ।
प्रभु बैंकका एक संचालकले हल्ला गलत भएको पुष्टी गरे । ‘एनआईसी एशिया र प्रभुको मर्जरको हल्लाबारे हामीलाई पनि धेरैले सोध्नुभयो । कहाँबाट कसरी यो हल्ला चल्यो थाहा भएन, तर हल्ला पूरापूर निराधार छ । यसमा कुनै सत्यता छैन । मर्जरबारे एक त तयारी नै छैन, दोश्रो, एनआईसी एशिया बैंकसँग त कुराकानी त परको कुरा संचालक समितिका कसैले सोचेका पनि छैनन् होला । हल्ला बेकारको हो ।’ ती संचालकले भने ।
यता एनआईसी एशिया बैंकका एक संचालकले पनि बैंकले अहिले मर्जरका बारे नसोचेको दाबी गरे । ‘हल्ला चलेको हामीले पनि थाहा पायौँ । तर हल्लामा कुनै सत्यता छैन । अहिले एनआईसी एशिया बैंक कोहिसँग पनि मर्जरमा जाँदैन ।’ उनले भने ।
यसो त यसअघि एनआईसी एशिया र कुमारी बैंकबीच मर्जरमा जाने हल्लासमेत चलेको थियो । तर सो हल्ला पनि गलत सावित भएको छ । कुमारी बैंक सँग पनि मर्जरको कुनै पनि कुराकानी नभएको एनआईसी एशियाका ती संचालकले पुष्टी गरेका छन् । ‘अघि नै भनें नि, एनआईसी एशिया बैंकको मर्जर अहिले कोहिसँग पनि हुने वाला छैन । सब हल्ला झुट हो ।’

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै