DISH HOME

महुली लघुवित्तको खुद नाफा २५५.८० प्रतिशतले बढ्दा प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय विवरण सार्वजनिक भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो। कम्पनीलेको खुद नाफा र प्रतिसेयर आम्दानी उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५५.८० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षकोमा लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी ४३।०२ प्रतिशत र अन्य सञ्चालन आम्दानी २.५२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३६.३० प्रतिशत र सञ्चालन मुनाफा २३२.३३ प्रतिशत बढेको छ।

यता असार मसान्तसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा रहेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.८६ गुणा रहेको छ।

यस्तै लघुवित्तको ३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै