prabhu

नक्कली हस्ताक्षर गरेर रकम झिकिदिने बैंककी कर्मचारी पक्राउ

काठमाडौं । अरुको हस्ताक्षर किर्ते गरिएको चेक लिएर रकम झिकेर दिएको आरोपमा लक्ष्मी सनराइज बैंककि कर्मचारीविरुद्ध किर्ते हस्तास्खर, जालसाझी र ठगीको कसुरमा मुद्धा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार कावासोती–२ इन्द्रचोकका ३९ वर्षीय अमृत भुसालसहित लक्ष्मी सनराइज बैंककी कर्मचारी सविता अर्याल, र अर्का एक बैंकका कर्मचारी राजेश खरेल विरुद्ध पनि मुद्धा दायर भएको हो ।

मध्यविन्दु नगरपालिका–७ का रामप्रसाद महतोको जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर प्रहरीले मुद्धा प्रक्रिया अगाडी बढाएको थियो ।

चेकबाट पैसा निकाल्ने क्रममा प्रयोग भएको हस्ताक्षर नक्कली रहेको पुष्टि भइसकेको छ । प्रहरीका अनुसार सो हस्ताक्षर विधिविज्ञान प्रयोगशालामा पठाउँदा सो हस्ताक्षर हरु नक्कली रहेको पुष्टी भएपछि नक्कली हस्ताक्षरका आधारमा भुक्तानी दिने बैंकका कर्मचारीहरुलाई पनि प्रतिवादी बनाइएको थियो ।

उनीहरुलाई केहि समय अगाडी प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । प्रहरीसँगको बयान र अदालतमा पनि बैंकका ती कर्मचारीले भने बयानका क्रममा हस्ताक्षर नक्कली रहेको भनी थाहा नपाएको, हेर्दा हस्ताक्षर उस्तै देखेपछि भुक्तानी दिएको बयान दिएका छन् । उनीहरुले बयानका क्रममा आफुहरु यो प्रकरणमा निर्दोष रहेको दाबीसमेत गरेका छन् । तर जिल्ला अदालत नवलपुरले भने यसरी रकम दिने बैंकका कर्मचारीलाईसमेत पुर्पक्षका लागि कारागार पठाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै