PRABHU BANK

मेगा बैंक लिमिटेड र ललितपुर सुनचाँदी व्यवसायी संघबीच सम्झौता, महिला व्यवसायीलाई बिना धितो कर्जा दिने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेड र ललितपुर सुनचाँदी व्यवसायी संघबीच सम्झौता भएको छ । बैंकले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिना धितो व्याज अनुदान कर्जा दिने सम्बन्धी सम्झौता भएको हो ।
मेगा बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी संघका तर्फबाट अध्यक्ष रमेशबहादुर शाक्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनो धितो व्याज अनुदान कर्जा दिने भएको छ ।
सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउने भएका छन् । यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै