१० ठूला बैंकको सम्पत्ति मूल्याङ्कनका लागि बंगलादेशी कम्पनीलाई ठेक्का

काठमाडौं । देशका १० ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर मूल्याङ्कन गर्न बंगलादेशको हौलादार युनुस एन्ड कम्पनीले ठेक्का पाएको छ।

नेपाल राष्ट्र बैंकले परामर्श सेवाका लागि सार्वजनिक सूचना जारी गर्दै सो कम्पनीलाई छनोट गरिएको जनाएको हो।

यो कामका लागि कम्पनीले ६२ लाख ५४ हजार ९१२ रुपैयाँमा सम्झौता गरेको छ । सार्वजनिक खरीद ऐन, २०६३ अनुसार प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ।

२०७९ पुसमा आवेदन दिएका ६ कम्पनीमध्ये प्राविधिक प्रस्ताव मूल्याङ्कनबाट हौलादार युनुस एन्ड कम्पनी मात्र योग्य ठहरिएको थियो । कम्पनीले अब १० वाणिज्य बैंकको लेखापरीक्षण तथा सम्पत्ति मूल्याङ्कन गर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्