DISH HOME

गुराँस लघुवित्तको नाफा ८९.७४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीसँगै प्रतिसेयर नेटवर्थ पनि बढ्यो !

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ। लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ८९.७४ प्रतिशतले बढेको हो।

लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको अन्त्यमा कम्पनीले ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समिक्षा अवधिमा १३ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले बढेको छ।

११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी तथा ४५ करोड ५५ लाख रुपैयाँ निक्षेपबाट कुल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको अन्य सञ्चालन आम्दानी १५.४७ प्रतिशत बढेको छ समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा कायम भएको तथ्याङकले देखाएको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १८ पैसा बढेर ३४ रुपैयाँ १७ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ गुणा रहेको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै