काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध आन्दोलन गर्ने नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले आन्दोलन गर्ने घोषणा गरेको छ । नेपालका व्यवसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।
पछिल्लो समय एनआइएमबि बैंकले नेपाल बैंकर एशोसिएशन (एनबिए) र नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) बीच भएको सम्झौतानुसार काम नगरेको, अधिकांश इन्जिनियरहरुलाई कालोसूचीको पत्र काटेर तनाब दिएको, ३ सय भन्दा बढी इन्जिनियर स्टाण्डबाइ छन् भन्दै स्वतन्त्र मुल्यांकनकर्ता इन्जिनियरहरुलाई हेप्ने गरेको, इन्जिनियरहरुलाई धम्काउने, होच्याउने काम गरेको, मुल्यांकनकर्ता इन्जिनियरहरु भन्दा बाहिरका इन्जिनियरहरु ल्याएर काम गराउछु भन्दै सम्झौता विपरित निराशाजन्य अभिव्यक्ति दिने गरेकाले मुल्यांकनकर्ता इन्जिनियरहरूले आन्दोलनको घोषणा गरेका हुन्।
एनआइएमबि बैंकविरुद्धको आन्दोलनको विषय सतहमा आउनुअघि एनभिएका उपाध्यक्ष प्रज्ञान घिमिरेको संयोजकत्वमा आइटी टिमले मुल्यांकनकर्ता इन्जिनियरहरुमाथि सर्वेक्षण गरेको थियो ।