१ . वैदेशिक रोजगारीमा जाने युवालाई ३ लाख र महिलालाई ५ लाखसम्म विना धितो ऋण दिईने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो । विगतमा धेरै युवाहरूले विदेश जान लाग्ने टिकट, भिसा र अन्य खर्च जुटाउन चर्को ब्याजमा साहुसँग ऋण लिनुपर्ने वा जायजेथा धितो राख्नुपर्ने बाध्यता भएका कारण यस्तो व्यवस्था गरिएको हो ।
२. अव एक पटक मात्र चेक बाउन्स भए पनि सो चेक काट्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।
३. ग्लोबल आईएमई बैंकमा खाता हुनेहरु होसियार हुनुपर्ने भएको छ । बैंकमा नक्कली नोट भेटिने क्रम बढेपछि ग्राहकहरु होसियार हुनुपर्ने भएको हो ।
४. बैंकको ब्याजदर अझै घट्ने भएपछि व्यवसायीहरु खुसी भएका छन् । ऋण लिंदा कुनै बेला १७ प्रतिशतसम्म ब्याज तिरेका ऋणीले आधा ब्याजमै ऋण पाउने भएपछि उनीहरु खुसी भएका हुन् ।
५. एनआईसी एशिया बैंकको सेयर भाउ ह्वात्तै बढेको छ । केहि समयअघिमात्र बर्षकै सस्तोमा पाइएको सो बैंकको सेयर अहिले ह्वात्तै बढेको हो । सस्तो भएका बेला यो बैंकको सेयर उठाउनेहरु मौद्रिक नीतिको समिक्षापछि मालामाल भएका छन् ।
६. अघिल्लो दिनसम्म सिटिजन्स बैंकको संचालक समितिको बैठकमा सहभागी भएकी बैंककि संचालक इला शर्माको निधन भएको छ । उनको हृदयघातबाट निधन भएको हो ।
७. बैंकको ब्याज सस्तो भएपछि बैंकमा ठुलो पैसा राखेकाहरुले बैंकबाट पैसा निकालेर व्यक्तिलाई ब्याज लगाउने क्रम ह्वात्तै बढेको छ । बैंकले एकल अंकमा मात्र ब्याज दिने तर व्यक्तिले घटीमा पनि २४ प्रतिशत ब्याज दिने भएपछि पैसा हुनेहरुले बैंकबाट पैसा निकालेर बाहिर लगानी गर्न थालेका हुन् ।
८ . नबिल बैंकले आगामी साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋण पत्र जारी गर्न लागेको छ । बैंकले कुल ३० लाख कित्ता सहितको ७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ८ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
९ . पैसा नभएको चेक काटेर अपराध गरेको प्रमाणित भएपछि अदालतले २० लाख बिगो जरिवाना तोक्दा भागेका निरौला पक्राउ लतको फैसलापछि भागेका पैसा नभएको चेक काट्ने निरौला पक्राउ परेका ६२ वर्षीय भिम प्रसाद निरौला पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोली ललितपुर महालक्ष्मी न– ५ ईमाडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१० . असार मसान्त लागेपछि बैंकहरुले अन्य विभागका कर्मचारीलाईसमेत उनीहरुको काम छोडेर रिकभरीमा लगाएको पाइएको छ । ऋण लगानी लगभग सून्य हुने, अरु काममा पनि चाप खासै नहुने तर रिकभरीमा कामको प्रेसर पर्ने भएपछि अन्य विभागका कर्मचारी लाईसमेत रिकभरीमा लगाइएको पाइएको हो । यता जान्दै नजानेको रिकभरीको काम, त्यसमाथि पनि असार मसान्तमा गर्नुपर्दा अन्य विभागका कर्मचारी भने हैरानी खेपीरहेका छन् ।
११ . पदमा कोलोनी लिलाम हुने भएको छ । ऋण चुक्ता नगरेपछि कोलोनीलाई सांग्रिला डेभलपमेन्ट बैंकले लिलाम गर्ने भएको हो । ऋण तिर्न पटक९पटक ताकेता गरेपनि बेवास्ता गरेपछि बैंकले ३५ दिन भित्रमा कर्जा तथा सुविधा बापतको रकम भुक्तान गर्न अन्यथा कालोसूचीमा राखेर धितो लिलामी गर्ने जनाएको छ ।
१२ . बैंकहरुले गत बर्षको तुलनामा पछिल्लो ११ महिनामा आफ्ना कर्मचारीको तलव भत्तामा ५३ अर्व बढी खर्च । नियामक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म बैंकहरूले ५३ अर्ब १३ करोड ३१ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म यो खर्च ५० अर्ब १६ करोड ४९ लाख रुपैयाँ थियो ।
१३ . नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रिएको र यसले पूँजी पलायनको खतरा बढेको बताएका छन् । प्रचण्डले संसदमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
१४ . सेयर बजार ३५।०९ अंकले घट्दा पनि एनआईसी एशिया बैंकको सेयरको भाउ भने बढेको छ । बजार भारी अंकले घट्दा पनि एनआईसी एशिया बैंकको सेयर भने बढेको देखिएको हो ।
१५ . बैंकिङ क्षेत्रका जानकारहरुले बैंकले आफ्नो सेयर आफैंले किन्न पाउने नियम ल्याउनुपर्ने विषयमा बहस छेड्न थालेका छन् । बैंकको सेयरको भाउ अरु कम्पनीको तुलनामा अन्डरभ्यालुड भएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् ।
१७ . असार मसान्तमा कामको चाप बढेपछी ग्लोबल आईएमई बैंककि एक कर्मचारी प्रेसरका कारण बैंकमै ढलेकी छिन् । विहानदेखि बेलुकीसम्म निकैप्रेसरमा काम गर्नुपर्ने, ग्राहकको गाली खानुपर्ने र हाकिमले जस नदिने काम एकैपटक भएका कारण आफू प्रेसरले ढलेको दाबी ती कर्मचारीको छ । यति हुँदा पनि असार मसान्तको बाहानामा बिदा नदिएको भन्दै अब आफू बैंकिङ नै छोड्ने योजनामा रहेको बैंकिङ संसार डटकमसँग कुराकानी गर्दै ती कर्मचारीले भनेकी छिन् ।
१८ . टिकटक बनाउने नाममा ग्राहकका गोप्य विवरण नै सार्वजनिक गर्ने, चेक, डिपोजिट रिसिप्ट र ऋणका कागजहरु देखाएर टिकटक बनाउने लगायतका काम गर्ने कर्मचारीहरु कार्वाहिमा पर्न थालेका छन् । ग्राहकको चौतर्फी गुनासोपछि विभिन्न बैंकहरुले त्यस्ता कर्मचारीहरुलाई कार्वाही गरेका हुन् । कतिपय बैंकहरुले अवदेखी त्यस्तो नगर्न उर्दी जारी गरेका छन् भने कतिपय बैंकहरुले कर्मचारीलाई सचेत गराएका छन् ।
१९ . देशभरका विभिन्न स्थानीय तहले बैंकहरुले गर्ने लिलामीका लागि सिफारिस नै नदिने अघोशीत निर्णय नै गर्न थालेका छन् । लिलामीका लागि विभिन्न सिफारिस लिन आउने बैंकका कर्मचारीलाई सिफारिस नदिने मात्र होइन, सकेसम्म भेट्दै नभेट्ने भन्दै स्थानीय तहहरुले आन्तरिक अघोषित निर्णय गर्न थालेका हुन् । यता बैंकर्स संघले भने यस्तो कामले बैंकमा निकै समस्या परिरहेको भन्दै सम्बन्धित निकायकी ध्यानाकर्षण गराएका छन् ।
२० . क्लोजिङका नाममा हतार हतार काम गर्दा बैंकमा पैसा नै हराउने, हिसाब नमिल्ने लगायतका समस्या देखिन थालेका छन् । हतार हतारमा चापमा काम गर्दा बैंकका काउन्टरहरुमा क्यास शर्टको समस्या ह्वात्तै बढेको हो । यसरी हरायेको पैसा टेलरमा बस्ने कर्मचारीले तिर्नुपर्ने हुँदा दिनदिनै पैसा हराउने समस्याका कारण बैंकका तल्ला तहका कर्मचारी तनावमा पर्न थालेका छन् ।
२१ . घरमा श्रीमती बिरामी हुँदा पनि असार मसान्त चलिरहेको भन्दै बिदा नदिएपछि बैंकका एक कर्मचारीले आफ्नै हाकिम कुटेका छन् । उनले असार ३० गते एक दिनका लागि बिदा मागेका थिए । तर ३१ गते आउँछु भन्दाभन्दै पनि बिदा नदिएपछि ती कर्मचारीले हाकिम कुटेका हुन् । अहिले यश विषयमा बैंकको एचआर विभागले आन्तरिक अनुसन्धान गरिरहेकी छ ।
२२ . ऋण नतिरेका ऋणीहरुले फोन नै ब्लक गर्न थालेपछी बैंकका कर्मचारीले नयाँ सिम लिएर ऋणीलाई फोन गर्न थालेका छन् । असार मसान्तको प्रेसरमा पनि ऋणीले बैंकको ल्यान्डलाइन र बैंकका कर्मचारीको नियमित फोन नम्बर नै ब्लक गर्न थालेपछि बैंकका कर्मचारीले अर्को नम्बर लिएर ऋणीलाई फलोअप गर्न थालेका हुन् ।
२३ . लुम्बिनी विकास बैंकलाई श्रम विभागले दुई लाख रुपैयाँ जरिवाना तिराएको छ। गैरकानुनी रूपमा श्रमिक आपूर्ति गरेको भन्दै लुम्बिनी विकास बैंकलाई श्रम विभागले दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । विभागले बैंकलाई पत्र काट्दै १५ दिनभित्र जरिबाना बुझाउन निर्देशन दिएको छ ।
२४ . नेपाल राष्ट्र बैंकले अनधिकृत वित्तीय कारोबारबारे तुरुन्त जानकारी दिन आम जनतालाई आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै डिजिटल कारोबारसँगै वित्तीय ठगीका नयाँ र जटिल तरिका बढ्दै गएकाले सजग रहन अपिल गरेको हो।
२५ . अब एकपटक केवाईसी भरेपछि सबै बैंकमा मान्य हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ‘एक पटक अद्यावधिक, सबै ठाउँ प्रयोग’ सिद्धान्त अनुसार केवाईसी विवरण साझा गर्न सकिने प्रणालीको व्यवस्था गरेको हो ।
२६ . जाली चेक दिएर रकम ठग्ने एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका १ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाई रहेका छन्। उनलाई प्रहरीले आइतबार बारा जिल्लाबाट पक्राउ गरेको हो ।
२७ . बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठित कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको छ। असार ३० गते कार्यदलले गभर्नर प्रा। डा. विश्वनाथ पौडेलसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेको हो। यसअघि प्रारम्भिक प्रतिवेदन असार २४ गते नै बुझाइएको थियो।
२८ . पैसा नभएको चेक काट्ने एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा दार्चुला महाकाली ४ घर भई हाल ललितपुरको महालक्ष्मी ८ बस्ने ६२ वर्षीय भिम प्रसाद निरौला रहेका छन् । उनि अदालतको फैसलापछि भागेका थिए।
२९ . साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका मधुमल्ला सेवा केन्द्र प्रमुख र फिल्ड मेनेजरलाई ऋणीले दुर्व्यवहार गरेको पाइएको छ। झापाको बिर्तामोड २ की ऋणी दुर्गामाया लिम्बु र माया मगरले गालीगलौज गर्दै जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गरेको पाइएको हो।
३० . सरकारले १ हजार रुपैयाँ दरको नयाँ बैंक नोट छपाइ गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलको हस्ताक्षर रहने गरी नयाँ नोट छाप्न स्वीकृति दिएको हो।
३१ . अबदेखि शेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था अनुसार, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको हो। राष्ट्र बैंकले यो सीमा व्यक्तिगत ऋणीका हकमा मात्र लागू हुने जनाएको छ।
३२ . नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जालाई अब ‘रियल इस्टेट’ कर्जाभित्र समावेश गर्न नपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले निर्देशिका जारी गर्दै यस्तो नयाँ व्यवस्था लागू गरेको हो । यो सँगै आगामी आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवास निर्माणका लागि दिएको कर्जा ‘रियल इस्टेट’ कर्जाको सीमा गणनामा समावेश गर्नुपर्ने छैन।
३३ . आईएमई पे र खल्ती वालेट मर्ज भएका छन् । साउन १ गतेदेखि २ वालेट मर्ज भएर आईएमई खल्ती लिमिटेड नामबाट एकीकृत कारोबार सुरु भएको हो । मर्जरसँगै बनेको नयाँ कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
३४ . ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका केही शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदका लागि जागिर खुलाएको छ। आवेदन दिन चाहनेले साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन्। बैंकिङ क्षेत्रमा अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। साथै, आवेदन दिने व्यक्तिको उमेर ४० वर्षभन्दा कम हुनुपर्नेछ।
३५ . नेपाली नागरिकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै मौद्रिक नीतिमा उल्लेख गरिएको व्यवस्था कार्यान्वयनमा ल्याएसँगै अब विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने भएको हो। नयाँ व्यवस्थाअनुसार राहदानी (पासपोर्ट) तथा औपचारिक भ्रमण प्रयोजनका लागि सटही सुविधा लिन चाहने व्यक्तिले परिवर्त्य विदेशी मुद्राको बैंक खाता (नयाँ खाता खोलेर समेत) अनिवार्य रूपमा खोल्नुपर्नेछ। त्यस खातामार्फत् मात्र सटही सुविधा उपलब्ध गराइनेछ।
३६ . नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध आन्दोलन गर्ने नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले आन्दोलन गर्ने घोषणा गरेको छ । नेपालका व्यवसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । पछिल्लो समय एनआइएमबि बैंकले नेपाल बैंकर एशोसिएशन (एनबिए) र नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) बीच भएको सम्झौतानुसार काम नगरेको, अधिकांश इन्जिनियरहरुलाई कालोसूचीको पत्र काटेर तनाब दिएको, ३ सय भन्दा बढी इन्जिनियर स्टाण्डबाइ छन् भन्दै स्वतन्त्र मुल्यांकनकर्ता इन्जिनियरहरुलाई हेप्ने गरेको, इन्जिनियरहरुलाई धम्काउने, होच्याउने काम गरेको, मुल्यांकनकर्ता इन्जिनियरहरु भन्दा बाहिरका इन्जिनियरहरु ल्याएर काम गराउछु भन्दै सम्झौता विपरित निराशाजन्य अभिव्यक्ति दिने गरेकाले मुल्यांकनकर्ता इन्जिनियरहरूले आन्दोलनको घोषणा गरेका हुन्।