काठमाडौँ। टिकटक बनाउने नाममा ग्राहकका गोप्य विवरण नै सार्वजनिक गर्ने कर्मचारीहरु कार्वाहीमा पर्न थालेका छन्। पछिल्लो केहि समयदेखि मनोरंजन गर्नका लागि टिकटक बनाउने नाममा ग्राहकका गोप्य विवरण नै सार्वजनिक गर्ने केहि बैंकका कर्मचारीहरु कार्वाहीमा पर्न थालेका घटनाहरू बाहिर आउन थालेका हुन् ।
चेक, डिपोजिट रिसिप्ट र ऋणका कागजहरु देखाएर टिकटक बनाउने लगायतका काम गर्ने कर्मचारीहरु कार्वाहीमा परेका छन् ।
ग्राहकको चौतर्फी गुनासोपछि विभिन्न बैंकहरुले त्यस्ता कर्मचारीहरुलाई कार्वाही गरेका हुन् । कतिपय बैंकहरुले अबदेखी त्यस्तो नगर्न उर्दी जारी गरेका छन् भने कतिपय बैंकहरुले कर्मचारीलाई सचेत गराएका छन् ।