सानिमा बैंकले दुई पाङ्ग्रे सवारी साधन बेच्दै

काठमाडौँ। सानिमा बैंकले दुई पाङ्ग्रे सवारी साधन बेच्न लागेको छ। बैंकले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको दुई पाङ्ग्रे सवारी साधन सस्तो मूल्यमा बेच्न लागेको हो।

बैंकले २०१४ सालमा बनेको हिरो स्पेल्न्डर मोटरबाइक, होन्डा डीयो स्कुटर र दुई वटा हिरो प्लेजर स्कुटर बेच्न लागेको छ । बैंकले बेच्न लागेको सवारी साधन किन्न चाहने ग्राहकहरूले असार ३० गतेभित्र गोप्य शिलबन्धि बोलपत्र पेस गर्नुपर्ने छ।

सानिमा बैंकको प्रमुख कार्यलय नक्सालमा गएर आफुलाई किन्न मन लागेको बाइक वा स्कुटर हेर्न सकिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्