लक्ष्मी सनराइज बैंकका ऋणीहरूलाई ऋण तिर्न ९० दिनको समय, ऋण नतिर्नेलाई कानुनी कारवाही गर्ने बैंकको चेतावनी !

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गर्न समय दिएको छ। बैंकले एक सूचना जारी गर्दै ऋणीहरूलाई कर्जा चुक्ता गर्न ९० दिनको समय दिएको हो । 

बैंकले आफ्ना ऋणीहरूलाई ९०  दिनभित्र बैंकको कर्जा तिर्न आग्रह गरेको छ। ऋणीहरूलाई लिखित तथा पटकपटक फोन गरेर ताकेता गर्दा पनि ऋण तिर्न नआएपछि बैंकले ऋणीहरूलाई ऋण तिर्न अन्तिम पटक समय दिएको छ ।

उक्त समयमा पनि ऋणको सावाँ तथा ब्याज तिर्न नआउने ऋणीहरूलाई बैंकले कानुनी कारवाही गर्ने जनाएको छ। 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्