बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ, धुनिवेशी २ घर भई हाल काठमाडौंको चन्द्रागिरी १३ मा बस्ने ४६ वर्षीय मधुकर लुईटेल रहेका छन् ।

उनीविरुद्ध १ करोड १० लाख रुपैयाँको बैंकिङ कसुरको मुद्दा दर्ता भएपछि लुईटेल फरार रहेका थिए।

फरार भएका लुईटेललाई हाल प्रहरीले पक्राउ गरिसकेको छ। लुईटेल आफुविरुद्ध प्रहरीमा दुई वटा मुद्धा दायर भएपछि फरार रहेका थिए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्