prabhu

असार मसान्तको प्रेसर: ऋणीले फोन नउठाएपछि जमानीकर्तालाई फोन गर्दै बैंक, ऋणसँगै हजारौँ सम्बन्ध बिग्रँदै !

काठमाडौँ । ऋण लागेका ऋणीले फोन नै नउठाएपछि ऋण उठाउने नाममा बैंकले जमानीकर्तालाई फोन गर्दै किस्ता तिर्न ताकेता गर्न थालेको पाइएको छ । असार मसान्तमा कुनै पनि हालतमा किस्ता तिर्न भन्दै बैंकहरुले ऋणका जमानीकर्तालाईसमेत फोन गरिरहेको पाइएको हो ।
यसले ऋणी र जमानीकर्ता मात्र होइन, ऋणी र बैंक, र जमानीकर्ता र बैंकबीच पनि सम्बन्ध बिग्रने खतरा बढेको छ । आफ्नो ऋण नै तिर्न समस्या भएका बेला आफु जमानी बसेको ऋणको समेत ताकेता आएपछि हरान भएका केहि जमानीकर्ताले बैंकले पछिल्लो समय गरेको तारान्तरको फोनले हजारौंको सम्बन्ध बिग्रने लयमा रहेको दाबी गरेका छन् । बैंकिङ संसार डटकमको सम्पर्कमा आएका एक व्यवसायीले आफ्नै ऋण तिर्न गाह्रो भएका बेला साथीभाइको ऋणको कुरालाई लिएर समेत बैंकले फोन गर्दा थप तनाव सिर्जना भएको बताएका छन् ।
‘ऋणी सम्पर्कमा नआए, खोज्ने हो नि, जमानीकर्तालाई पनि असार मसान्तमा प्रेसर दिएर हुन्छ र ?’ ती व्यवसायीले बैंकिङ संसार डटकमसँग गुनासो पोखेका छन् ।
एक दुईमात्र बैंक नभई धेरै बैंकले यसरी जमानीकर्तालाई फोन गरिरहेको ती व्यवसायीहरुको तर्क छ । बैंकका कर्मचारीले भने यस्तो अवस्थामा जमानीकर्तालाई फोन गरेर भए पनि ऋण उठाउने आफ्नो कर्तब्य रहेको दाबी गरेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै