prabhu

नेपाल एसबीआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई १० लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व  कार्यक्रमअन्तर्गत लुम्बिनी विकास कोषलाई १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। उक्त रकम कोषद्वारा सञ्चालित वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री तथा आगन्तुकहरूलाई सुविधा विस्तार, पैदलमार्ग निर्माण तथा मर्मतजस्ता विभिन्न कार्यक्रमका लागि खर्च गरिनेछ।

सहयोग हस्तान्तरण कार्यक्रम भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि) राममोहन राव अमराको उपस्थितिमा सम्पन्न भयो । उनले लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सल, प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालकहरू रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, गोपालप्रसाद भट्ट, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडालगायत बैंक तथा कोषका वरिष्ठ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।

नेपाल एसबीआई बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणमा निरन्तर योगदान दिँदै आएको छ। ३१ वर्षदेखि नेपालमा सेवा दिँदै आएको यस बैंकका हाल १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै