सिटिजन्स बैंकका सीईओले लिए एक वर्षमा झन्डै २ करोड तलब

काठमाडौँ। सिटिजन्स बैंकका सीईओ गणेश पोखरेलले स्थापना काल देखिनै बैंकसँग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनले कामसंगै पारिश्रमिक पनि राम्रै पाउने गरेका छन्।

सीईओ पोखरेलले एक वर्षमा तलब भत्ताबापत झन्डै २ करोड रुपैयाँ लिएका छन् । उनले बैंकबाट गत आर्थिक वर्ष २०८०- ८१ मा तलबभत्ता र सुविधा बापत कुल १ करोड ६५ लाख ३२ हजार रुपैयाँ लिएका हुन् ।

पोखरेलले २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् । पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हाले पछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाएका छन् ।

उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्ग राम्रो उलब्धी हाँसिल गर्न सफल भएको बैंकले दाबी गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्