साढे २ करोड बराबरको बैंकिङ कसुर मुद्धाका फरार कार्की पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्धाका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-२ घर भइ हाल काठमाडौँ महानगरपालिका वडा  नं.१४ कलंकी बस्ने ४७ वर्षीय खड्गबहादुर कार्की रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा मिति २०८२ जेठ १२ गते दर्ता भएको रू. एक करोड अठाईस लाख बैंकिङ कसुर मुद्दा, मंसिर २४ गते दर्ता भएको रू.  असी लाख बैंकिङ कसुर मुद्दा र जिल्ला प्रहरी परिसर ललितपुरमा मंसिर ०४ गते दर्ता भएको रू. चार लाख बैंकिङ कसुर मुद्दामा कार्की फरार रहेका थिए।

त्यस्तै, प्रहरी बृत्त मालिगाँउ, काठमाडौँमा मिति २०७९ चैत १२ गते दर्ता भएको रू. दुई लाख पचास हजार बैंकिङ कसुर मुद्दा र मिति २०७९ फागुन ०८ गते दर्ता भएको रू. बीस लाख बैंकिङ कसुर मुद्दामा पनि उनी फरार हुँदै आएका थिए ।

बैंकिङ कसुरमा साढे २ करोड रुपैयाँ बराबरको ६ वटा मुद्दा दर्ता भएका खड्गबहादुर कार्कीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट पक्राउ गरेको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्