prabhu

बैंक मेनेजर भन्दै लाखौँ ठगी गर्ने पक्राउ !

काठमाडौँ। सुनसरी प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाएर रकम असुल्ने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगंज-१ सुनसरीका २० वर्षीय कुशेश्वर मेहता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाको नेतृत्वमा प्रहरी टोलीले भारत-नेपाल सीमावर्ती कोशी गाउँपालिका-भण्टाबारीबाट जेठ १० गते राति मेहतालाई पक्राउ गरेको हो।

मेहतामाथि मुलुकी अपराध संहिता, दफा २४९ (ठगी) अनुसार मुद्दा दर्ता गरी उनलाई आवश्यक अनुसन्धानका लागि साइबर ब्यूरो, काठमाडौँ  पठाइएको छ। थाइल्याण्डकाे बैंकको मेनेजर हो भन्दै उनले विभिन्न व्यक्तिलाई ६२ लाख ७५ हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको प्रहरीले जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै