DISH HOME

गभर्नर नै सानिमा बैंकका प्रमोटर सेयरधनी ! जति मनपरी गर्दा पनि सानिमालाई कार्वाही नहुने जोखिम !

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल नै सानिमा बैंकका प्रमोटर सेयरधनी रहेको खुलासा भएको छ। गभर्नरले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमार्फत उनी सानिमा बैंकको ‘प्रोमोटर सेयरधनी’ रहेको खुलासा भएको हो ।

गभर्नर पौडेलसँग करिब १८ करोड ६५ लाख रुपैयाँ बराबरको चल अचल सम्पत्ति रहेको छ । जसमध्ये सानिमा बैंकमा उनको २ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिएको हो ।

विनियमावलीको दफा १३० को उपदफा (३) का अनुसार बैंकका कर्मचारीले आफ्नो सेवा अवधिभर आफ्नो नाममा वा श्रीमान-श्रीमती र अठार वर्ष नपुगेका छोरा छोरीको नाममा बैंकबाट इजाजतप्राप्त कुनै बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्न मिल्दैन।

सोही दफाको उपदफा (४) मा ‘बैंकका कर्मचारीले आफ्नो सेवा अवधिभर आफ्नो नाममा वा श्रीमान-श्रीमती र अठार वर्ष नपुगेका छोरा छोरीको नाममा बैंकबाट इजाजतपत्र प्राप्त कुनै बैंक तथा वित्तीय संस्थाको सेयर दोस्रो बजारबाट खरिद गर्न हुँदैन ।

गभर्नर पौडेल सानिमा बैंकको ‘प्रोमोटर सेयरधनी’ हुन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै