DISH HOME

बम बहादुर मिश्रले पाए राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बम बहादुर मिश्रले पाएका छन्। गभर्नर डा. विश्वनाथ पौडेल एक साताका लागि कार्यक्रममा सहभागि हुन जेनेभा गएपछि मिश्रले कामु गभर्नरको जिम्मेवारी पाएका हुन्।

मिश्रलाई गभर्नर पौडेल विदेश गएपछि अर्थमन्त्रालयले मिश्रलाई असार ११ गतेदेखि कामु गभर्नरको जिम्मेवारी दिएको राष्ट्र बैंक गभर्नर कार्यालयले जानकारी दिएको छ।

सिनियर डेपुटी गभर्नर डा. निलम तिमल्सिना पनि हाल सार्क फाइनान्स कार्यक्रममा सहभागी हुन बंगलादेश गएकी छिन्। अर्थ मन्त्रालयले मिश्रलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम कामु गभर्नरको जिम्मेवारी दिएको हो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै