काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार ५ र ६ गतेको तथ्यांकअनुसार एकैदिनमा ३ अर्ब रुपैयाँले बैंकिङ निक्षेप वृद्धि भई कुल निक्षेप ७० खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।
असार ५ गतेसम्म बैंकिङ प्रणालीमा ७० खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा असार ६ गते त्यो बढेर ७० खर्ब २३ अर्ब पुगेको हो। सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ६२ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३ अर्बले बढी हो।
साथै, कर्जा प्रवाह पनि बढेको देखिएको छ। असार ५ गते ५५ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार ६ गते त्यो बढेर ५५ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरूले मात्र असार ५ गते ४९ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए, जुन असार ६ गते ४९ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ।
उक्त अवधिमा अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत कायम रहेको छ भने सिडी रेसियो (CRR to Deposit Ratio) ७८.२२ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।