ज्योति विकास बैंकबाट गैरकानुनी रुपमा ऋण प्रवाह भएको खुलासा !
१ . ज्योति विकास बैंकबाट गैरकानुनी रुपमा ऋण प्रवाह हुने गरेको खुलासा भएको छ । बैंकले धितोको ओभर भ्यालुएसन गरी गैरकानुनी रुपमा ऋण दिईरहेको खुलासा भएको हो । बैंकका पूर्व सीइओ (हाल नबिल बैंकका सीइओ) मनोज कुमार ज्ञवालीले संजय सिलवाल पोडकाष्टमार्फत यस्तो खुलासा गरेका हुन् ।
ग्लोबल आईएमई बैंकले लिँदै नलिएको सेवाको पैसा माग्यो !
२ . ग्लोबल आईएमई बैंकले लिँदै नलिएको सेवाको पैसा पनि मागिरहेको खुलासा भएको छ । बैंकले क्रेडीट कार्डको सेवा लिँदै नलिएकाहरुलाई पनि सोको पैसा तिर्न ताकेता गरिरहेको पाइएको हो । यता बैंकले भने यसलाई सिष्टमको खराबी भएको र नियतमा भने कुनै समस्या नभएको दाबी गरेको छ ।
ज्योति बिकास बैंकका सीइओ र डेपुटी सिइओलाई हटाउनेबारे छलफल सुरु !
३ . ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र डेपुटी सीईओ प्रकाश बरालको कार्य प्रदर्शन कमजोर भएको भन्दै बैंकले दुबै जनालाई पदमुक्त गर्ने तयारी थालेको छ। बैंकका सञ्चालक समितिका सदस्यहरूले हाल अनौपचारिक रूपमा उनीहरूलाई हटाउने विषयमा छलफल प्रारम्भ गरेका छन्। छलफलको निष्कर्ष आगामी सञ्चालक समितिको बैठकमा प्रस्तुत गरिने जनाइएको छ।
२ करोड रुपैयाँसम्मको कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सकिने !
४ . नेपाल राष्ट्र बैंकले कृषि, ऊर्जा, लघु, घरेलु, साना तथा मझौला उद्यममा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले कुनै कारणले समस्यामा परेका यस्ता कर्जाहरू ऋणीको अनुरोधमा, व्यावसायिक योजना र नगद प्रवाहको मूल्यांकनका आधारमा एक पटकका लागि पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको हो ।
चालुपुँजी कर्जा मार्गदर्शन १ वर्ष धकेलियो !
५ . राष्ट्र बैंकले चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनको समयसीमा थप गर्दै १ वर्ष पछाडि सारेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत परिपत्रमा संशोधन गर्दै केन्द्रीय बैंकले व्यवसायी र बैंकरहरूले उठाउँदै आएका मागलाई सम्बोधन गर्दै यो निर्णय सार्वजनिक गरेको हो।
कर्जा प्रवाहमा समय सीमा थप !
६ . नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई निर्देशित क्षेत्रको कर्जा प्रवाहमा समय सीमा थप गरेको छ। केन्द्रीय बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा संशोधन गर्दै बैंकहरूलाई सहुलियत दिएको हो। योसँगै अब बैंकहरुले कृषिमा २०८२ असार मसान्तमा ११ प्रतिशत, २०८३ असार मसान्तमा १२ प्रतिशत, २०८४ असार मसान्तमा १३ प्रतिशत र २०८५ असार मसान्तमा १५ प्रतिशत कर्जा पुर्याउनुपर्ने भएको छ ।
निर्देशित कर्जा प्रवाहमा राष्ट्र बैंकको नयाँ समयसीमा
७ . नेपाल राष्ट्र बैंकले व्यवसायीलाई ऋण तिर्न दुई वर्ष समय थप गर्दै चालु पुँजी कर्जा मार्गदर्शनको दोस्रो संशोधन गरेको छ। चालु पुँजी कर्जा मार्गदर्शन लागू हुनुपूर्व प्रवाहित कर्जा २०८२ असार मसान्तसम्म तिरिसक्नुपर्ने हालसम्मको व्यवस्था थियो। तर, केन्द्रीय बैंकले मार्गदर्शनको दोस्रो संशोधन गर्दै उक्त समय २०८४ असार मसान्तसम्म बनाएको छ।
सुन किन्न नबिल बैंकले ऋण दिने !
८ . नबिल बैंकले सुन किन्न ऋण दिने भएको छ । हो, नेपालको अग्रणी बैंक नबिल बैंकले सुन खरिद कर्जा सार्वजनिक गरेको छ । बैंकले नेपालमै पहिलो पटक नबिल ढुक्क सुन खरिद कर्जा सार्वजनिक गरेको हो। सुन किन्दा बैंकले निःशुल्क बीमा सुविधा पनि दिने भएको छ ।
गभर्नरको सम्पत्ति विवरण सार्वजनिक !
९ . नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफुसँग भएको सम्पत्तिको विवरण सार्वजनिक गरेका छन्। गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियमअनुसार गभर्नर पौडेलले आफ्नो र पत्नीका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको विवरण अनुसार उनीसँग भैंसीपाटीमा एउटा घर, ४५ तोला सुन, १४ करोडको सेयर, १५ लाख बराबरको हिरा र विभिन्न बैंकमा गरेर कुल २७ लाख रुपैयाँ रहेको छ।
क्षतिग्रस्त नोटको सट्टा नयाँ नोट प्राप्त गर्न सकिने !
१० . नेपाल राष्ट्र बैंकले नष्ट वा क्षतिग्रस्त नोटको सट्टा नयाँ नोट प्राप्त गर्न सकिने व्यवस्था रहेको भन्दै नागरिकहरूलाई नोटको जतन गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले ‘नोटको जतन गरौं, झुत्रो नोटको समयमा दावी गरौं’ भन्ने सन्देश सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
चेक अनादरमुद्धामा दोषी ठहर भएका व्यक्ति फरार !
११ . जिल्ला अदालत मोरङ परिसरबाट चेक अनादरमुद्धामा दोषी ठहर भएका व्यक्ति फरार भएका छन्। फरार हुनेमा विराटनगर महानगरपालिका(१३ का ४० वर्षीय विजय शंकर झा रहेका छन्। सुनसरीको दुहबीबाट पक्राउ परेका झालाई मोरङ अदालत उपस्थित गराइएको थियो । तर, उनी शौचालय जाने बहानामा अदालत परिसरबाट फरार भएका हुन् ।
वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा बढ्यो !
१२ . वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूबाट प्रवाह हुने कर्जा तीन खर्ब ७६ अर्ब २९ करोड रुपैयाँले बढेको हो ।
ढुंगानालाई एनआईसी एशिया बैंकको अफर
१३ . नबिल बैंकका पूर्व सीइओ ज्ञानेन्द्र ढुंगानालाई एनआईसी एशिया बैंकले सीइओमा अफर गर्ने भएको छ । नबिल बैंक छोडेपछि हाल खाली रहेका ढुंगानालाई बैंकले सीइओमा अफर गर्ने भएको हो । ढुंगाना हाल ३ महिने कुलिङ पिरियडमा छन् । सो पिरियड सकिएपछि उनलाई सीइओ बन्न बाटो खुल्नेछ । हालका सीइओ रोशन कुमार न्यौपानेलाई बैंकले बिदा गर्ने तयारी यसअघि नै गरिसकेको थियो ।
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलमा राष्ट्र बैंकले नै कारवाही गरेका व्यक्ति परेको खुलासा !
१४ . बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलमा नेपाल राष्ट्र बैंकले नै कारवाही गरेका व्यक्ति परेको खुलासा भएको छ । राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलको पहलमा गठित सो कार्यदलमा राष्ट्र बैंकले नै ३५ लाख रुपैयाँ जरिवाना तिराइएका सानिमा बैंकका तत्कालीन सीइओ भुवन दाहाललाई सदस्य बनाइएको खुलासा भएको हो । गभर्नर पौडेल स्वयम् पनि सानिमा बैंकका पूर्व संचालक एवं वर्तमान प्रमोटर सेयरधनी हुन् । आफैं मालिक भएको बैंकका पूर्व सीइओलाई पौडेलले राष्ट्र बैंक सुधारको सुझाव कार्यदलको जिम्मा दिएका हुन् । केहि समय अघि मात्र गैरकानुनी रुपमा दाहालले ३५ लाख रुपैयाँ लिएको भेटिएपछि उनलाई कारवाही स्वरुप सो रकम तिराइएको थियो ।
राष्ट्र बैंकलाई संघको सुझाव !
१५ . अत्याधिक बैंक विदाका कारण उद्योगरव्यवसायमा असर पर्ने गरेको भन्दै मोरंग उद्योग व्यापार संघले बैंकमा हुने विदा घटाएर अधिकतम १३ दिन बनाउन राष्ट्र बैंकलाई सुझाव दिइएको छ । संघले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिका लागि सुझाव पेश गर्दै यस्तो माग गरेको हो ।
१३ दिनमात्र बिदा हुनुपर्ने सुझाव आएपछि बैंकरहरु असन्तुष्ट !
१६ . बैंकमा वर्षको अधिकतम १३ दिनमात्र बिदा हुनुपर्ने सुझाव आएपछि बैंकरहरु असन्तुष्ट बनेका छन् । मौद्रिक नीतिमा सुझाव दिंदै व्यवसायीहरुले बैंकमा हुने बिदा घटाउनुपर्ने बताएपछि बैंकरहरु असन्तुष्ट बनेका हुन् । आफुहरु पनि श्रम गर्ने व्यक्ति भएको भन्दै उनीहरुले बर्षमा १३ दिन मात्र बिदा पाउने, बाँकी सधैं काम गर्ने हामी रोबोर्ट हो र ? भन्दै प्रश्न पनि गरेका छन् ।
राष्ट्र बैंकको कामु जिम्मा डेपुटी गभर्नर बम बहादुर मिश्रलाई
१७ . नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल र सिनियर डेपुटी गभर्नर ढुंगाना विदेश उडेपछि राष्ट्र बैंकको कामु जिम्मा डेपुटी गभर्नर बम बहादुर मिश्रलाई दिईएको छ । गभर्नर पौडेल दुई कार्यकारी निर्देशकसहित हाल स्वीजरल्याण्डमा छन् भने ढुंगाना बंगलादेशमा छिन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मिश्रले राष्ट्र बैंकको कामु गभर्नरको जिम्मा पाए पनि उनले, महत्वपूर्ण निर्णय भने लिन पाउने छैनन् ।
१८ . नबिल बैंकले जेष्ठ नागरिक बाआमालाई लक्षित गर्दै नबिल जेष्ठ बचत खाता सार्वजनिक गरेको छ । बैंकले ५० वर्ष उमेर पुगेपछि विनाकुनै शुल्क र विनान्यूनतम् मौज्दातमा नबिल ज्येष्ठ बचत खाता खोल्न सकिने गरी सो बचत खाता सार्वजनिक गरेको हो ।
१९ . नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ कार्यक्रम सार्वजनिक गरेको छ ।संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्ने सोच लिएर ‘दिगो बैंकिङ’ घोषणा गरेको हो ।
२० . ग्राहकले हैरानी खेप्दा खेप्दा पूराना भएका एटिएम मेशिनहरु ग्लोबल आइएमई बैंकले बेच्ने भएको छ । बैंकले आफ्ना पुराना एटीएम मेसिनहरु बिक्री गर्न ७ दिने बोलपत्र आह्वान गरेको हो । बैंकले कमलादीस्थित कार्यालय परिसरमा रहेका ७ थान, गोदाममा रहेका २ थान र अनामनगर शाखा कार्यालयमा रहेको १ थान गरी कुल १० थान एटीएम मेसिनहरू जुनसुकै अवस्थाबाट बिक्री गर्न लागेको जनाएको छ।
२१ . कैलालीको लम्कीस्थित ग्लोबल आइएमई बैंकका शाखा प्रमुख हरिशचन्द्र भट्टमाथि कुटपिट भएको छ । ऋणीलाई अनावश्यक टर्चर दिएको भन्दै उनलाई ऋणी अमित भण्डारीले कुटपिट गरेका हुन् । अहिले कुटाई खाने र कुट्नेबीच मिलापत्र भईसकेको छ ।
२२ . कर्णाली डेभलपमेन्ट बैंकका सिइओ फरार रहेका छन्। नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक डुबेपछि फरार रहेका बैंकका सिइओ र अन्य कर्मचारीहरूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो ९सिआइवी० ले खोजि रहेको छ। फारार बैंकका सिइओ भारतमा लुकेर बसेको आशंका सिआइवीले गरेको छ।
२३ . सिटिजन्स बैंकका सीईओ गणेश पोखरेलले एक वर्षमा तलब भत्ताबापत झन्डै २ करोड रुपैयाँ लिएका छन् । उनले बैंकबाट गत आर्थिक वर्ष २०८०र८१ मा तलबभत्ता र सुविधा बापत कुल १ करोड ६५ लाख ३२ हजार रुपैयाँ लिएका हुन् । पोखरेलले २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् ।
२४ . चेक अनादर मुद्धाका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका(२ घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नं।१४ कलंकी बस्ने ४७ वर्षीय खड्गबहादुर कार्की रहेका छन् ।
२५ . बैंकहरुको एटीएम मसिनमा ५ सय र १ हजार दरका नोटको अभाव हुन थालेको पाइएको छ । नेपाल राष्ट्र बैंकले विगत ७ वर्षदेखि ५ सय र १ हजार दरका नोट छाप्न नसक्दा बैंकहरू एटीएममा राख्न मिल्ने नोटको अभाव हुन थालेको हो ।
२६ . खातामा पैसा नै नहुँदा पनि १ करोड ५७ लाख रुपैयाँ बराबरको चेक काटेर भागेका सविन महर्जन पक्राउ परेका छन् । ३६ वर्षीय सबिन महर्जनलाई पक्राउ गरि कारागार चलान गरिएको छ ।
२७ . एनएमबि क्यापिटलले जागिर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्पोरेट एडभाइजरी अफिसर पदका लागि जागिर खुलाएको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले असार २० गतेभित्र आवेदन दिन सक्नेछन् ।
२८ . बैंकहरुले किस्ताका लागि फोन गर्दा कतिपय ऋणीहरुले सके धितो लिलाम गरेर देखाउन चेतावनी दिन थालेको पाइएको छ । व्यवसाय मन्दीले बिगृयेका बेला किस्ता तिर्न नसक्ने भन्दै ऋणीहरुले यस्तो चेतावनी दिन थालेका हुन् ।
२९ . चेक बाउन्सका घटना बढेपछी देशभरका व्यापारीहरुमध्ये अधिकांशले चेकमा कारोबार नै गर्न छोडेका छन् । चेक पाये पनि पैसा नआउने र सोही पैसाका लागि अदालत र प्रहरीको झन्झट ब्यहिर्नुपर्ने भयेकाले व्यापारीहरुले चेकबाट कारोबार नै गर्न छोडेका हुन् ।
३० .नेपाल बैंकसहितका केहि बैङ्कहरुले टिकटक बनाउने नाममा ग्राहकका गोप्य विवरण माथि भद्दा मजाक गर्ने गरेको पाइएको छ । ग्राहकका चेक, बैंक स्टेटमेन्ट लगायतका कागजात नै देखाएर बैंकका कर्मचारीले टिकटक बनाउने गरेको पाइएको हो । यस्तो काम प्रचलित कानुन विपरित भए पनि बैंकको नेतृत्व नै कमजोर हुँदा बैंकरहरुको मनपरी बढेको पाइएको हो ।
३१ . नेपाल बैंकका कतिपय कर्मचारीले आफ्ना छोराछोरीलाई नै बैंकको ट्रेलरमा राख्ने, ग्राहकका गोप्य विवरण उनीहरुलाई दिने, र यहि हर्कत देखाएर टिकटक बनाउनेसम्मको हदै अराजक काम गरिरहेको पाइएको छ । ग्राहकको गोपनियताको कति पनि ख्याल नगरी बैंकका कतिपय कर्मचारीहरुले यस्तो मनपरी गरिरहेको पाइएको हो ।
३२ . टिकटक बनाउने नाममा कतिपय बैंकका कर्मचारीहरुले आफ्नै बैंकको ब्राण्डको धज्जी उडाईरहेको पाइएको छ । बैंकको सिष्टम डाउन भएको, बैंकमा नोट गन्ने मेशिन बिग्रिएको लगायतका कुराहरु टिकटकमा खुलेआम राख्ने, आफुलाई बैंकमा काम नै गर्न मन नलाग्ने आशय व्यक्त गर्ने र बैंकले बिदा नदिएको विषयसमेत टिकटकमा राखेर बैंकरहरुले आफ्नै बैंकको धज्जी उडाईरहेको पाइएको हो ।
३३. असार मसान्त लाग्दा पनि ग्राहकले किस्ता भर्ने छाँटकाँट नदेखाएको विषयलाई बैंकका कर्मचारीहरुले मजाकको विषय बनाउँदै टिकटक बनाईरहेको पाइएको छ । नेपाल बैंक, कृषि बिकास बैंक, लगायतका बैंकका कर्मचारीहरुले यसरी टिकटकका नाममा बैंककै बदनाम हुनेगरी जथाभावी गरिरहेको पाइएको हो ।
३४ . राष्ट्रिय बाणिज्य बैंकलाई असार मसान्तमा धोका दिएर सिए बिमल डंगोल आइक्यानको कार्यकारी निर्देशकका रुअमा हाजिरी गर्ने भएका छन् । कतिपय महत्वपूर्ण फाईलहरुको भद्रगोल नमिलाई डंगोल आइक्यानमा जागिर खान पुगेपछि राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले उनलाई खुलेरै गाली गर्न थालेका छन् ।
३५ . नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले बैंकको लाइसेन्सको पनि अवधि तोकिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले बैंकको लाइसेन्सको सधैंभरी हुनुनपर्ने र निश्चित अवधि तोकिने व्यवस्था आवश्यक भएको धारणा राखेका हुन् ।
३६ .नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकको लाइसेन्सको पनि अवधि तोकिनुपर्ने बताएपछि हालत खराब भएका बैंकहरु आत्तिएका छन् । लाइसेन्सको अवधि तोक्ने कानुन बनेसँगै कमजोर बैंक खारेज हुने कानुन बन्ने चर्चा चल्न थाले पछि बैंकहरु हच्किएका हुन्