PRABHU BANK

लक्ष्मी बैंकको २०औं वार्षिक साधारणसभाद्धारा प्रस्तावित ११.५ प्रतिशत लाभांश पारित

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २८ गते सम्पन्न २०औं वार्षिक साधारणसभाले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले बैंकको चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी ११.५ प्रतिशत लाभांश पाउने भएका छन् । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी १० अर्व ६९ करोड रुपैयाँ पुगेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । त्यस्तै सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।
आर्थिक वर्ष २०७६/७७मा १ खर्व ७६ करोड रुपैयाँ निक्षेप र ८९ अर्व ८९ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १ खर्व २८ अर्वरुपैयाँ रहेको छ । सोही आर्थिक वर्षमा बैंकले १ अर्व ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यसका साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहेका बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै