DISH HOME

१० महिनामा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार १४ खर्ब ७० अर्बमा सीमित

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकहरूले एकअर्काबीच गरेको अन्तर बैंक कारोबारमा उल्लेख्य गिरावट देखिएको छ। वैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरूले कुल १४ खर्ब ७० अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन्।

वाणिज्य बैंकहरूबाहेक अन्य वित्तीय संस्थाहरूबीच १० महिनामा १४ खर्ब ९ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ। यसअनुसार समग्र अन्तर बैंक कारोबारको कुल रकम १६ खर्ब २० अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूको मात्र कारोबार ३४ खर्ब ७७ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। अन्य वित्तीय संस्थाहरूको कारोबार ३४४ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

उक्त तथ्यांकअनुसार वाणिज्य बैंकहरूबीचको कारोबारमा यस वर्ष झन्डै ६० प्रतिशतको गिरावट आएको देखिन्छ। वित्तीय प्रणालीमा तरलता व्यवस्थापनको सूचक मानिने अन्तर बैंक कारोबारमा आएको यो गिरावटले बैंकिङ क्षेत्रको हालको नीतिगत र आर्थिक परिवेशमा महत्वपूर्ण सन्देश दिन्छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै