prabhu

पेवेल नेपाल र सजिलो पेको अनुमतिपत्र राष्ट्र बैंकद्वारा खारेज (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकको बिहीबार (असार ५ गते) बसेको सञ्चालक समिति बैठकले अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज गरेको छ । उक्त कम्पनीलाई भुक्तानी सेवा प्रदायका रूपमा काम गर्नेगरी दिइएको अनुमति खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यी दुई कम्पनीले भुक्तानी तथा फर्स्यौट ऐन, भुक्तानी तथा फर्स्यौट विनियमावली, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन तथा सम्पत्ति शुद्धिकरण निवारण ऐनका विभिन्न प्रावधान उल्लंघन गरेको पाइएपछि अनुमतिपत्र खारेज गरिएको हो। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै