काठमाडौँ। हिमालयन बैंकको न्युरोड शाखा ठमेलमा स्थानान्तरण भएको छ। बैंकले नजिक भएका शाखा सञ्जालहरुमध्ये न्यूरोड शाखा २ लाई स्थानान्तरण गरी काठमाडौँ महानगरपालिका वडा नं २७, ठमेल, काठमाडौंस्थित संचय कोष भवनबाट ठमेलमा स्थानान्तरण गरेको हो।
बैंकले जेठ २५ गतेदेखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ। उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा भएको हो ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम ८,००० भन्दा बढी पीओएस ट्रमिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।