काठमाडौँ। अब घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट नचाहिने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा अवैध कालोधन रोक्न मातहतका सबै मालपोत कार्यालयहरुलाई पत्रमार्फत जेठ २० गते घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट चाहिने व्यवस्था हाल खारेज भएको हो।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट चाहिने व्यवस्था हटाइएको छ। योसँगै खरिदकर्ता, बिक्रीकर्ता तथा एजेन्ट कम्पनीका सञ्चालकले अनिवार्य रुपमा केवाईसी फाराम भर्नुपर्ने व्यवस्था पनि हटाएको छ ।
यसअघि घरजग्गा खरिद-बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी ३ करोड वा त्यसभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गरेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था गरिएको थियो ।
जुन सीमालाई एक करोडमा झारिएको छ ।