काठमाडौँ। समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन्। नेपाल राष्ट्र बैंकले उक्त संस्थाको मर्जरलाई सैद्धान्तिक सहमति दिएसँगै दुबै कम्पनी एकआपसमा मर्ज हुने भएका हुन्।
समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा छ भने ग्रामीण विकास लघुवित्तको बुटवलमा रहेको छ। राष्ट्र बैंकले जेठ २२ गते दुबै कम्पनीलाई एक आपसमा गाभिन (मर्ज) का लागि संधान्तिक सहमति दिएको छ।
समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गत फागुन १७ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए।