काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ७१ पैसा र बिक्री दर १३७ रुपैयाँ ३१ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५६ रुपैयाँ १३ पैसा र बिक्री दर १५६ रुपैयाँ ८१ पैसा रहेको छ । आइतबार बेलायती पाउण्डको खरिद दर १८५ रुपैयाँ १४ पैसा र बिक्री दर १८५ रुपैयाँ ९५ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५१ पैसा र बिक्री दर ३७ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: