PRABHU BANK

नेपाल बङ्गलादेश बैंकको ९९औं शाखा कार्यालय भक्तपुरमा संचालन, भूतपूर्व उद्योग मन्त्रीद्धारा उद्घाटन

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले नयाा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले ९९औं शाखा कार्यालय भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १, सिरुटारमा संचालनमा ल्याएको हो । बैंकले २०७७ माघ ७ गते बुधबारदेखि भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको छ ।
भक्तपुर जिल्लामा उक्त शाखा बैंकको तेस्रो शाखा कार्यालय हो । उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथी भूतपूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका हुन् । उद्घाटन समारोहमा बैंक संचालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राखेका थिए । साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटिएमको सुभारम्भ पनि प्रमुख अतिथी बस्नेतले गरेका थिए ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ सेवा प्राप्त गर्न सक्नेछन् । सिरुटार शाखा सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै