PRABHU BANK

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश आफ्ना सेयरधनीलाई वितरण गर्ने

Mahila Sahayatra Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि रकम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपयाँ रहेको छ भन १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ ।
उक्त प्रस्तावित बोनस सेयर अघिल्लो आर्थिक वर्षको तुलनामा बराबर हो तर कुल लाभांश भने कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा बोनस १० प्रतिशत र नगद ७.५ प्रतिशत रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै