PRABHU BANK

सिटिजन्स बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, २७ प्रतिशतले बढ्यो नाफा

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आईपुग्दा २७.२६ प्रतिशत खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको नाफा २७ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको पुस मसान्त अर्थात ६ महिनामा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ करोड ७४ लाख रुपैयाँले बढी हो । बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
गत आर्थिक वर्षको सोही अवधिमा १ अर्व ४३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा १ अर्व ६१ करोड रूपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । त्यसैगरी बैंकको सञ्चालन नाफा बढेर १ अर्व १६ करोड रुपैयाँ पुगेको छ । ९ अर्व ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्व ४३ करोड रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप बढेर १ खर्व ५ अर्व रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि बढेर ८७ अर्व ८७ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको पुस मसान्तसम्ममा ०.९९ प्रतिशत रहेको खराब कर्जा अनुपात यस वर्षको पुस मसान्तसम्ममा बढेर २.४२ प्रतिशतमा पुगेको छ । त्यस्तै आधार दर ८.२५ प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.०८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर १७.८३ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको ६ महिनामा १५.१३ रुपैयाँ रहेको थियो । त्यसैगरी बैंकको प्रतिसेयर नेटवर्थ १४३.९५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मुल्य १३०६ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनपात १६.५५ गुणा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै