PRABHU BANK

मेगा बैंक र नेपाल इन्जिनियर्स एशोसिएसनबीच सम्झौता, इन्जिनियरहरुलाई विशेष सुविधा दिने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक र नेपाल इन्जिनियर्स एशोसिएसनबीच सम्झौता भएको छ । बैंकले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने सम्बन्धी सम्झौता भएको हो । मेगा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका तवरबाट अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्ने भएका छन् । खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बीमाको पनि व्यवस्था गरिएको छ । यसैगरी इन्जिनियरहरुको पेसालाई सम्मान गर्दै बिनाधितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएकोपनि मेगा बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै