prabhu

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान

काठमाडौँ । नेपाल एसबिआई बैंकले विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ। रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका, वडा नं- ०४, मनौरा स्थित श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि बैंकले स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामाग्री प्रदान गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले श्री राम जानकी अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको जनाएको छ । नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै