prabhu

आफ्ना सेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गर्न लुम्बिनी विकास बैंकको आग्रह

Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना सेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकको गत पुस २६ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएकाले खाता अद्यावधिक गर्न आग्रह गरेको हो । 
पुस १३ गतेसम्म हितग्राही खाता अद्यावधिक गराएका सेयरधनीहरुलाई पनि बैंक खातामा नै नगद लाभांश जम्मा गरिने बैंकले जनाएको छ । बैंक खाता गलत भएर रकम अनेत्र जम्मा हुन गएमा सेयरधनी स्वयम जिम्मेवार हुनुपर्ने भएकोले बैंकको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेडमा सम्पर्क राख्न पनि बैंकले आग्रह गरेको छ ।
गत पुस १३ गतेसम्म कायम सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका सेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिने जनाएको छ । अद्यावधिक गर्न बाँकी सेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न आग्रह गरेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै