prabhu

‘विदेशी मुद्रा सटही सम्बन्धमा जानकार बनौँ’- राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विदेश भ्रमण-रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटही सम्बन्धी जानकारी दिएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस सम्बन्धमा हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सकिने जनाएको हो।

यस्तो सटही सुविधा आवश्यक कागजातको आधारमा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिन्छ ।

वैदेशिक रोजगारीको लागि जापान, दक्षिण कोरिया, यूरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया जाने नेपाली नागरिकको हकमा अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २०० सम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सकिने राष्ट्र बैन्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै